दाङकाे घोराही उपमहानगरपालिका–१८ मसिनाबाट प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पुर्वकाे पुथा उत्तरगंगा गाउँपालिका -४ का ३७ वर्षीय सुविन्द्र पुन, साेहि गाउँपालिकाकाे -३ का ५१ वर्षीय चेतन बुढा र रुकुम पुर्वकै भुमे गाउँपालिका घर भई हाल जिल्ला दाङकाे घोराही उपमहानगरपालिका -१८ मसिना स्थित सिताराम बन्जाडेको घरमा डेराकोठा गरी बस्ने ४२ वर्षीया बिनी पुन रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिम सहित लागु औषध तौल गर्ने डिजिटल तराजु थान-१, लागु औषध प्याकिङ गर्न प्रयोग गर्ने बिभिन्न साईजको प्लाष्टिक १ किलो ४०० ग्राम, लागु औषध प्याकिङ गर्दा प्रयोग गरिने पहेलो र खैरो रङको टेप थान- ४ र कैचि थान-१ उपकरणहरू बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए।
गोप्य सुचनाको आधारमा लागु औषध (अफिम) बोकी हिडि रहेका छन भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घाेराहीबाट खटिएको ११ जनाकाे प्रहरी टाेलिले घोराही उपमहानगरपालिका–१८ मसिनाबाट सुविन्द्र र चेतनलाई नियन्त्रणमा लिएर सोधपुछको क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए।