महिलामा लगानी-सभ्य र समुन्नत समाजको थालनी।
यसपालीको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा “महिलामा लगानी-सभ्य र समुन्नत समाजको थालनी “रहेछ।
नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संविधानमा महिलाको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा नेपाल पर्न सफल भएको छ । झण्डै एक दशक अघिबाट शुरू भएको रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विशेष गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नु आवश्यक छ।यो अति नै सकारात्मक र सह्रानिय पक्ष हो।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका मूख्य बिषयहरू मूलतःमहिला अधिकार,महिला शसक्तीकरण र समानता हुन्।आज यी बिषयहरूले धेरै फड्को मारिसकेको छ।महिलाहरू आफ्नो हकको लडाईं लड्न सक्छन्।उत्पादनशिल क्षेत्रमा लागेका कैयौं उदाहरण छन्।अर्थोपार्जनमा लागेका छन्।
निजामती,प्रशासनीक,सेनाप्रहरी,पर्यटन,ब्याबसाय आदि हरेक क्षेत्रमा अग्रसर छन्।राजनितीमा पनि उति नै अब्बल छन्।तर कति प्रतिशतले आफ्ना हक,सक्षमता,या समानताको उपयोग गरे ?गरेका छन्?
सधैं नारा एकतिर काम अर्कोतिर हुने नहोस्।महिलाबाट उन्नती र सभ्य समाजको निर्माण होस्।
अब हामी श्रमिक महिलाको कुरा गरौं ।समानताकै कुरा गरौं भने श्रमको मूल्य बराबर पाएका छन्?हाम्रा दुरदराजका महिला श्रमिक जो अनपढ छन् उनले आफ्नो ज्याला कति पाउनुपर्ने कति पाएं थाहा नै छैन।हरेक क्षेत्रमा काम गर्ने श्रम गर्ने महिलाहरूलाई बराबर नसोचौं।
केहि शहर केन्द्रित वा शहरोन्मुख रहेको क्षेत्रहरूबाट सबै क्षेत्रमा प्रवेश पाएका छन्।आफ्नो अधिकार र समानताको आवाज उठाउंछन्।तर ग्रामिण क्षेत्र,विकट भौगोलिक क्षेत्रका महिलाले सामाजीकी कारणले आवाज उठाउन सक्दैनन्।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस अर्थात ८ मार्च शहरमा मनाउंदै गर्दा त्रिशुलीमा बालुवा चाल्नेहरूले थाहा पाए की नाई?ईट्टाभट्ठामा ईट्टाले थिचिएका महिलालाई ८ मार्च थाहा छ कि नाई? केन्द्रिय राजधानीसंगै नारिएर बसेको धादिंगका चेपांग महिलाले थाहा पाए की नाई?कर्णालीको तिरैतिर भारी बोकेर जिविकोपार्जन गर्ने महिलाले थाहा पाए कि नाई ?
८ मार्च मनाउन,गोष्ठी गर्न केहि टोली बिदेश जान्छ,केही तारे होटलमा कार्यक्रम गरिन्छ,धेरै भयो भने शहर,चोकमा नारा लगाइन्छ कोण सभा सम्पन्न गरेर कार्यक्रम समापन गरिन्छ।यही र यस्तै कार्यक्रम ति दुरदराजका गाऊंबस्तीमा पुर्याइदिएको भए सुखीहरू बालबच्चासहित भेरीमा हाम फाल्नु पर्ने थिएन।महिलाको श्रमको मूल्यांकन भैदिए आफूले दिनभर गरेको श्रमको मूल्य ठांटसंग लिन सक्ने थिए।
रसुवादेखी माथिल्लो डोल्पाका हिऊंसंग जुधेर श्रम गर्ने महिला ,कोशी देखी कर्णालीसम्म बालुवा चाल्ने र गिट्टी कुट्ने,ईट्टा भट्ठामा काम गर्ने,पहाडका कन्दराहरूमा दाउराका भारीमाथी दुधेबालक बोकेर श्रम गर्ने सबै महिलाहरूसम्म ८ मार्चको महत्व पुग्दैन तबसम्म ८ मार्चसम्मै सिमीत रहनेछ।
राजनैतिक उथलपुथल र समय परिवर्तनसंगै महिलाले अधिकार धेरै पाएका छन् यो सत्य हो।उच्च ओहोदामा हामीले धेरै महिला प्रमुख पायौं।राष्ट्रपति महिला पायौं,प्रधान न्यायाधिश महिला पायौं,सभामुख महिला पायौं तर सुखीहरूका लागि आवाज उठाउने नेतृत्व पायनौं।
जुन दिवस मनाएपनि सम्बन्धित वर्गसम्म पुगेमा केही लक्ष्य हासिल हुनेछ।अब आउंदा दिनहरूबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ती संघर्शिल नारीहरूको सामिप्यमा मनायौं भने तथ्यपरक हुनेछ।शिर्षक,नारामात्रै चोटिला राखेर केही उपलब्धी होला?भयो?हुनेछ?प्रश्नहरू झन् बल्झिन्छ।
अहिलेको नारा त्रिशुलीमा बालुवाचाल्नेहरू देखी भेरीमा हाम फाल्न तयार भएका सुखीहरूको कानसम्म पुगोस्। यसपालीको श्रमिक महिला दिवसले ति श्रमिक महिलाहरूका लागि केहि उपलब्धीमूलक काम गरे की ?या त सधैं जस्तै तारे होटल,बैदेशिक गोष्ठी,केही सडकमा नाराजुलुस गरेर समापन भयो ?अब नारा अनुसारको कुनक्षेत्रका,कति,कुन भूगोलका महिलाहरूमा लगानी गर्ला सरकारले ? महिलामाथी लगानी पावरफूलमा सिमीत रहन्छ कि पाखुरा बजारेर खानेहरुका हातमा पनि पुग्छ ?पर्खने त होला।