जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउत सहित मन्त्री अनिता साह, सभापति अब्दुल खान, दीपक साह सँगै ५१ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिई प्रहरीले उनीहरूलाई नेपाल पुलिस क्लबमा राखेकाे छ।
अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेका थिए। उनिहरुले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
‘निषेधित क्षेत्रमा धोती दिवस मनाउने भन्दै प्रदर्शन गरेपछि उहाँहरूलाई नियन्त्रणमा लिइएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने।