माघ २७, सल्यान – बागचौर नगरपालिका वडा नं. ६ को चौथो वडाध्यक्षकप खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले उद्घाटन गरेका हुन ।

चौथो वडाध्यक्षकप खेलकुद प्रतियोगिता उद्घाटनका प्रमुख अतिथि समेत रहेका कृषि मन्त्री शर्माले वडाध्यक्षकप खेलकुद प्रतियोगिता भब्य र सभ्यरुपमा सम्पन्न होस भनि शुभकामना व्यक्त गरे । उनले सबै खाले खेलहरु मर्यादित रुपले खेलाउन र अनुशासितपुर्वक खेलाडीहरुलाई खेल्न पनि अनुरोध गरे ।
मन्त्री शर्माले स्थानीय तहले थालनी गरेका काममा हातेमालो गरि अगाडि बढ्ने बताए । उनले निर्वाचनको प्रक्रियामा ठुलो योगदान पुर्याउने जनताहरु भएकाले जनताहरुकै लागि लागि पर्ने बताए ।
शर्माले भौतिक पुर्वाधारको सन्दर्भमा होस या त रोजगारी सृष्टि गर्ने कुरामा होस प्रदेश सरकारको कर्तव्य र आफू मन्त्री भएकोले आफ्नो दायित्व समेत हुने जनाए । उनले जनताका समस्या अनि आशा गरेका कामहरु ५ वर्ष भित्रमा सकेसम्म पूरा गर्ने प्रतिबद्धता गरे ।
कर्णाली सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत भएका शर्माले कृषि क्षेत्रबाट कसरी आयआर्जन गर्न सकिन्छ र कृषकले उत्पादन गरेको वस्तुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कर्णाली सरकारले गुरुयोजना बनाउने जनाए ।

चौथो वडाध्यक्षकप उद्घाटन कार्यक्रम बोल्दै कृषि मन्त्री शर्माले अनुदान ल्याएर उचित काम नगरी पैसा मात्रै खाने प्रथालाई हटाई कृषकहरुको काम र उत्पादनलाई मुल्यांकन गरि अनुदान दिने बताए । साथै आफ्नो कार्यकालमा कृषि क्षेत्रमा नयाँ मोडेल दिने तरिकाले लागि परेको बताए ।

यस्तै कार्यक्रमकि विशिष्ट अतिथि बागचौर नगरपालिकाकि नगर उप-प्रमुख सुम्निमा डि.सी.वलीले ६ नं. वडाको चौथो वडाध्यक्षकप खेलकुद प्रतियोगिताको सफलताको लागि शुभकामना व्यक्त गरिन । उनले जनताले दिएको मतको मुल्यांकन गर्दै आफ्नो कार्यकालमा सकेको खुसी दिने प्रतिबद्धता गरिन ।
उप-प्रमुख डि.सी. ले स्थानीय सरकार भनेको जनताले नजिकबाट नियाल्न पाउने सरकार भएकोले आफ्ना दुख, समस्या सुनाउन र सल्लाह सुझाव दिन कहिल्यै पछि नपर्न आग्रह गरिन । उनले बागचौरको समग्र विकासका लागि जनताले पुर्ण साथ दिनु पर्ने कुरा बताइन ।

चौथो वडाध्यक्षकप उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य बागचौर नगरपालिकाका संस्थापक नगर प्रमुख लोकमान बुढाथोकी, १ नं. वडाध्यक्ष गंगाराम बस्नेत, ४ नं. वडाध्यक्ष कृष्ण बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति संयोजक कृति बहादुर पुन, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य टिकाराम वली, जिल्ला समन्वय समिति सदस्य हरिलाल डि.सी., पुर्ण बहादुर बटाला, नेपाली काङ्ग्रेस बागचौर नगरपालिका वडा नं. ६ का पार्टि सभापति गंगाराम वली, नेकपा एमाले बागचौर नगर उप-सचिव चन्द्र प्रकाश वली, शिक्षक प्रतिनिधि लगायतका अतिथिले राखेका थिए ।वडा नं. ६ का वडाध्यक्ष ज्ञान बहादुर वलीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रम स्वागत मन्तव्य वडा सचिव राधादेवि बटालाले गरेकी हुन भने कार्यक्रमको सहजीकरण सरस्वती मावि जामुनेचौरका शिक्षक धन ब. परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार