मंसिर ३ सोलुखुम्बु – एक मतदान अधिकृतकाे सुतेकै अवस्थामा मृत्यु भएको छ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका सर्लाही हरिपुर्वा नगरपालिका -५ स्थायी ठेगाना भई हाल आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शुक्रबार बेलुका सम्म मतदान स्थलकाे व्यवस्थापकिय काम पछि खाना खाएर सुतेका राय शनिबार बिहान अबेर सम्म नउठेपछि अन्य कर्मचारीले उठाउन खाेज्दा मृत्यु भइसकेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय साेलुखम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले बताए।
रायले हृदयघात र सुगरकाे औषधि प्रयोग गर्दै आएकोले हृदयघातबाट मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेपनि थप अनुसन्धानका लागि अहिले जिल्लाबाट अनुसन्धान अधिकृतकाे टाेलि सहित प्रहरी घटनास्थलमा खटिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए।