मंसिर २ प्युठान – निर्वाचन आयोगले प्युठानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार बनेका सुर्य थापालाई दाेस्राे पटक स्पष्टीकरण साेधेकाे छ।

अहिले मिडियामा भाइरल बनेका ‘भेलु बाजे’ उपनाम ले चिनिने मीनबहादुर बुढालाई २ हजार दिई उम्मेदवार थापाले आफ्नो प्रचारप्रसार गराएकाे खबर आयाेगले पाएपछि २४ घण्टे स्पष्टीकरण सोधेको आयाेगले जनाएको छ।

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईँले मीनबहादुर बुढा `भेलुबाजे´ लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईँले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईँलाई किन कारबाही हुनु नपर्ने हो रु यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नू’ स्पष्टीकरण मागपत्रमा भनिएको छ ।

भेलुबाजे भनिने मिनबहादुर र थापाकाे संयुक्त तस्बिर थापा आफैले सार्वजनिक गरेपछि एमालेकाे प्रचारप्रसारमा लागेकाे भन्दै सामाजिक संजालमा ट्राेल बनेका थिए। त्यसपछि केही मिडियामा आफुलाई सुर्य थापाले दुई हजार रुपैयाँ दिएकाे भेलुबाजेले भनेपछि उम्मेदवार थापाले रुपैया दिएकाे सार्वजनिक भएको थियाे।

यसअघि पनि आयाेगले उनै थापालाई स्पष्टीकरण साेधेकाे थियाे।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार