असाेज ३० पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी प्याराग्लाइडिङ तर्फका प्रतियोगि एक नेपाली सेनाकाे प्याराग्लाइडिङ गर्दै गर्दा आकाशबाट खसेर मृत्यु भएको छ।
प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोट क्षेत्रमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको जिल्ला कार्यालय कास्कीले जनाएको छ।
प्याराग्लाइडिङ बाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए।
त्यसैगरी नागरिक उड्डयन प्राधिकरणले याे घटना भए लगत्तै देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।
प्राधिकरणले याे जाेखिम पुर्ण भएकोले थप व्यवस्थापन गरि अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गरेकाे जनाएको छ।