असाेज ३० काठमाडौ – शताब्दी पुरुष सत्यमोहन जाेशीकाे संस्कार अनुसार अन्त्याेष्टि नगरिने भएको छ।
जोशीको इच्छा अनुसार शरीर दान गरिसकेकाले उनकाे पार्थिव शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको छ।
आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएपछि किष्ट अस्पताल प्रशासन, परिवार र ललितपुर महानगरपालिका बिच भएको त्रिपक्षीय छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको र आफ्नाे बुवाकाे इच्छा अनुसार जाेशीका छाेराहरु पनि तयार भएपछि नशाबाट केमिकल राखेर, डुबाएर नगल्ने गरि सुरक्षित संग राखिनेअस्पताल प्रशासनले जनाएको छ।
अहिले तत्काल अन्तिम श्रद्धाञ्जलीका नशाबाट मात्रै केमिकल राखिएको भए पनि पछि केमिकलमा डुबाएर अनन्तकाल सम्म राख्न सकिने गरि अस्पतालले तयारी गरेको छ।
अहिले अन्तिम श्रद्धाञ्जलीका लागि शव ललितपुर महानगरपालिका परिसरमा राखिएकाे छ। अपरान्ह ४ बजेसम्म त्यहि हुने र त्यसपछि किष्ट अस्पतालमा लगिने जनाइएको छ।