असाेज १९ अर्घाखाँची – दशै मनाउन मामाघर जादै गर्दा खाेलाले बगाएर एक बालक बेपत्ता भएका छन।

बेपत्ता हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर -७ खाँचीकोट किटेनी बस्ने तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

आमा तारा र बहिनी संग दशै मनाउन मामाघर भूमिकास्थान नगरपालिका -७ चिदिचौर हिडेका समिरले स्थानिय फर्ज्याङ खाेला तर्ने क्रममा बगेपछि आमा ताराले प्रहरीलाई खबर लगत्तै प्रहरीले दिउँसो ३ बजेदेखि खाेजिकार्य गरेपनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए।

वर्षा भइरहेकाे हुदा खाेलाकाे बहाव बढिरहेकोले अप्ठ्यारो भएको र आज रात परिसकेको हुदा भाेलि बिहानैबाट फेरि खोजिकार्य गरिने प्रहरी नायव उपरीक्षक रिजालले बताए।

प्रकाशित मिति : २०७९ असोज १९ गते बुधवार