भदौ २८ राेल्पा – खाेलाले बगाउँदा बेपत्ता भएकि बालिकाको पहिचान खुलेपनि अझै फेला परेकि छैनन।
सुनिलस्मृति गाउँपालिका वडा नं. -३ रुइनिबाङ र वडा नं. -४ सुलिचौरको दोभानबाट सोमबार दिउँसो करिब ३ बजेतिर साथिहरुसंग खेल्दै गर्दा बगेर बेपत्ता भएकाे र अभिवावकले पनि आफ्नै छाेरी भएको प्रहरीलाई जानकारी गराएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
बेपत्ता हुनेमा सुनिलस्मृति गाउँपालिका -४ सुलिचौर बजारमा व्यापार गर्दै आएका अब्दुल असिमकाे १४ वर्षिय छाेरी फरिदा खातुन रहेकि छन। खातुन आफ्नाे साथिहरु अर्घाखाँची सन्धिखर्क नगरपालिका -४ घर भई हाल सुलिचौरमा व्यापार गर्दै आएका भुन्टाे अलिकि १४ वर्षिय छाेरी नाजुमा खातुन र बेपत्ता भएकि अर्कि एकजना साथि तीन जना फगाम खाेला किनार खेलिरहेको अवस्थामा बेपत्ता भएकि फरिदा पानी भएको ठाउँमा गएपछि बगेर बेपत्ता भएको खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
बगेपछि त्यहि नजिकै माछा मार्ने मान्छेले देखेपनि भेटाउन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। संगै खेल्न गएकि नाजुमाले घटनाबारे घरपरिवारमा भनेपछि बेपत्ता भएकि फरिदाकाे बुवा अब्दुल असिमले हुलिया सहित ईलाका प्रहरी कार्यालय सुलिचौरलाई जानकारी गराएपछि प्रहरी र स्थानीय निरन्तर खाेजिकार्यमै भए पनि अहिले २२ घण्टासम्म फेला पारेका छैनन।
आज बिहानै देखि पनि ईलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक ओेमप्रसाद वाग्लेकाे कमान्डमा १३ जनाकाे प्रहरी टाेली र स्थानीयले खाेजिरहेकाे प्रहरी निरीक्षक भुसालले बताए।