भदौ १९ दाङ – टिकटक बनाउँदै गर्दा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका -७ का ३४ वर्षिय नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ-सल्यानको सीमा क्षेत्र पर्ने राम्री पुगेर फर्कने क्रममा तुलसीपुर उपमहानगरपालिका -३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजेतिर भीरबाट लडेपछि गम्भीर घाइते भएका केसीलाई राप्ती प्रादेशिक अस्पताल लिए लगत्तै डाक्टरले मृत पुष्टि गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।
उनकाे शव पाेष्टमार्टमका लागि साेहि अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।