भदौ १७ कास्की – खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेर एक पुरुषले आफै माथि खुकुरी प्रहार गरेका छन।

शुक्रबार बिहान ८ बजेतिर पोखरा महानगरपालिका –१४ छिनडाडाका लोक बहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि आफै माथि पनि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनकाे खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गइसकेपछि श्रीमान लोकबहादुरले आफ्नो पेटमा खुकरी प्रहार गरेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।

गम्भीर घाइते भएका लोकबहादुरको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार