साउन १७ तेह्रथुम – आफ्नै छाेराले बुवाकाे कुटपिट गरि हत्या गरेका छन।

छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएपछि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षक निशान थापाले बताए।

घटनाको खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रबारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएको थियाे। घटनामा संग्लग्न छोरा टंक तत्काल फरार रहेको र उनको खोजतलास भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार