साउन १० सल्यान – कुपिन्डे तालमा डुबेर एक जना बेपत्ता भएका छन।
बेपत्ता हुनेमा सल्यान कपुरकाेट गाउँपालिका -६ सिनबाङ साविक स्थायी ठेगाना भई हाल तुलसीपुर उपमहानगरपालिका -६ बस्ने अन्दाजी ३६ वर्षिय वेद बहादुर बस्नेत रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
वैदेशिक राेजगारकाे सिलसिलामा दुबईमा बस्दा उनका साथि धादिङ खानिबास गाउँपालिका -३ घर भएका ३२ वर्षिय मुल बहादुर तामाङ संग कुपिन्डे ता ताल घुम्न गएका बस्नेत मंगलबार दिउँसो करिब १२:३० बजे डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।
उक्त घटनाकाे सुचना पाए लगत्तै अस्थाई प्रहरी पाेष्ट बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक सनत कुमार शाहकाे कमान्डमा चार जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष खनालको कमान्डमा पाँच जनाकाे प्रहरी टाेलि खटिएर खाेजिकार्य भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।