जेठ २३ दाङ – आफ्नै श्रीमानकाे हत्या आराेपमा एक महिला पक्राउ परेकि छन।

घोराही उपमहानगरपालिका-१४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई सोमबार बिहान पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गायत्रीले सिलौटाको लोरा प्रहार गर्दा गएराति उनका श्रीमान ३० वर्षिय पंकज गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए।

स्थानीयले घटनाकाे जानकारी गरे लगत्तै वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टाेलि उनलाई पक्राउ गरेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार