बैशाख ३० काठमाडौ – मतदान भइसकेिछि मतपत्र लुट्ने प्रयास गर्न लागेकाे भन्दै प्रहरीले गोली चलाउँदा उदयपुरमा एक युवकको मृत्यु भएको छ। भने एक जना घाइते भएका छन।
कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा प्रहरीको गाेली लाग्दा १९ बर्षिय नविन कटुवालकाे घटनास्थलमा नै मृत्यु भएको र घाइते हुनेमा घरमा बसिरहेका १३ बर्षीय मन श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
मृतक कटुवाल विप्लवका स्वतन्त्र उम्मेदवार गौरबहादुर कटुवालका सहाेदर भतिजा भएको बुझिएको छ। छातिमा एक गोली र घुडा तल एक गाेली लागेकाे छ। मृतक कटुवाल विप्लवका सक्रिय कार्यकर्ता रहेकाे खुलेकाे छ। प्रत्यक्षदर्शीका अनुसार प्रहरी निरीक्षकले दुईपटक गाेली हानेकाे बताएका छन।