वाईसीएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज ३० वर्षिय रेशम केसी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीका आधारमा केसीलाई गएराति सानीभेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दुई महिना पहिले किशोरीले दिएको किटानी जाहेरीका आधारमा घटना २०७९ सालमा भएको हाे। त्यतिबेला केसीले चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएपछि विभिन्न आश्वासन दिएर उजुरी दिनबाट रोके पनि आश्वासन पूरा नगरेपछि युवतीले अहिले आएर उजुरी दिएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले बताए।

पक्राउ परेका केसीलाई आज जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने डीएसपी विष्टले बताए।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार