असोज ११, सल्यान – नेपाल विद्यार्थी संघको राजनीतिबाट निरन्तर सक्रिय रहँदै विभिन्न चुनौती र जोखिम मोल्दै राजनीतिक यात्रा अघि बढाएका नेत्रलाल वली नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेका छन्।
लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय वली यसअघि पनि महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भइसकेका छन्। पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका उनले यसपटक पनि सोही पदमा उम्मेदवारी दिएको बताएका छन्।
युवा पुस्तामाझ लोकप्रिय तथा सफल व्यवसायीका रूपमा परिचित वलीले तुलसीपुर उद्योग वाणिज्य संघको महासचिवको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेको बताएका छन्। राजनीतिकसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय रहँदै आफूले हासिल गरेको अनुभवलाई पार्टी संगठनको सुदृढीकरणमा प्रयोग गर्ने उनको भनाइ छ।
वलीले नेपाली कांग्रेसको संगठनलाई थप बलियो बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिन आफू निरन्तर सक्रिय रहने बताएका छन्।
उनले यसपटक पनि आफूलाई अमूल्य मत प्रदान गरी महाधिवेशन प्रतिनिधिमा विजयी गराउन सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूमा अपिल गरेका छन्।