बैशाख ११ काठमाडौ – माध्यमिक तह कक्षा १२ काे वार्षिक परीक्षा समय परिवर्तन गरिएको छ।

विभिन्न सराेकारवालाहरुले समय परिवर्तन गर्न माग गरेपछि बैशाख ७ गते बसेकाे राष्ट्रिय परीक्षा बाेर्डकाे बैठकले पहिलेकाे समयलाई परिवर्तन गर्ने निर्णय गरेकाे परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरले जनाएको छ।

यसअघि उक्त परीक्षा आगामी जेठ १६ देखि २५ गते सम्म बिहान ११:०० बजे देखि दिउँसो २ बजे सम्म गराउने तयारी गरिएकोमा अब साेहि मितिमै बिहान ८:०० बजे देखि ११:०० बजेसम्म हुने जनाएको छ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार