चैत ७ सल्यान – काठमाडौकाे वि.एण्ड.वि हस्पिटलले सल्यानमा स्वास्थ्य शिविर गर्ने भएको छ।

बागचौर नगरपालिका -२ थारमारे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लाइन्स क्लब अफ श्रीनगर सल्यानकाे व्यवस्थापन र उक्त हस्पिटलकाे आयाेजनामा चैत ०९ बुधबार एकदिने नि:शुल्क स्वास्थ्य शिविर गर्न लागेकाे बागचौर नगरपालिकाले जनाएको छ।

उक्त शिविरमा जन्मजात मै जिब्रो माथि ओठ काटिएका तथा फाटेका, पहिले पनि अप्रेसन भएर ओठ र नाक नमिलेका, गिजा र तालुमा प्वाल परेकाहरुकाे लागि थप उपचार गर्नुपर्ने र प्लास्टिक सर्जरी गर्नेहरुका लागि नि:शुल्क छनाेट शिविरकाे आयाेजना गरिएकाे नगरपालिकाले जनाएको छ।

अप्रेसनकाे लागि छनाेटमा परेकालाई बि एण्ड बि हस्पिटल काठमाडौ लिएर नै अप्रेसन गरिने र बिरामी र एकजना कुरुवाकाे खाना र आउने जाने यातायात खर्च समेत नि:शुल्क हुने बताइएको छ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार