जिल्ला अस्पताल सल्यानमा बिरामीहरु प्रति अमानवीय व्यवहार गर्ने गरेको पाइएको छ।

शारदा नगरपालिका – १५ हरलेका कमल बुढाथोकी श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि प्रसूति सेवा लिन एक हप्ता अघि जिल्ला अस्पताल सल्यानमा पुगे। अस्पताल पुगेपछि बच्चा सहजै जन्मिएन। शल्यक्रिया पछि बच्चाको जन्म भयाे। शल्यक्रियाकाे पिडाले उनकि श्रीमती छिट्टै घर फर्कने अवस्थामा रहिनन र उनकाे स्वास्थ्य अवस्थामा केही समस्या देखिएपछि जिल्ला अस्पताल सल्यानकाे बसाई अलि लामै भयाे।

सुत्केरी श्रीमतीकाे कुरुवाकाे रुपमा रहेका कमलले जिल्ला अस्पताल सल्यानमा बिरामीको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीहरुकाे व्यवहार देखेर अचम्मित परे। ती स्वास्थ्यकर्मीले उनकाे श्रीमती सहित अन्य बिरामीहरु प्रति गर्ने गरेको व्यवहारले उनी निकै दुखित भएको र सहनै नसकेपछि सामाजिक सञ्जालमा उनले अस्पतालका कर्मचारीकाे ज्यादतीलाई सार्वजनिक गरेका हुन।  उनी लेख्छन – `सल्यान खलंगा जिल्ला अस्पतालमा केही नर्स  देखी पिउन सम्म ले गर्ने ब्यबहार अमानबिय छ! यस्ता कर्मचारीहरु लाई जनताले नै कारबाही गर्नु  पर्ने होकी स्थानीय सरकार अथवा प्रदेश सरकार कुन सरकारले कार्बाही गर्ने हो?
नर्शले बिरामी संग बोल्ने सैली घिन लाग्दो छ!
रात भरी सुतेका हुन्छन बिरामी लाई गारो भएको बेला बोलाउदा नी चर्को चर्को स्वरले बोल्छन!  के ही भन्यो की सरकारी जागीरी को धम्की लगाउ छन। हस्पीटलमा सरसफाई छैना! गाई, भैसी, कुकुर , हस्पीटलको प्रंगान मै आएको हुन्छन  कुकुर त हस्पीटल भित्रै पनी देखीएको छन ॥ यस हस्पीटलको कर्माचारीहरु चल्ला पालेर बस्छन अनी बिरामी हेरुनकी चल्ला यस हस्पीटलमा स्थानीय सरकारले निगरानी राखोस र यस्ता कर्माचारी लाई कार्बाही गरोस।´
उनले लेखेका छन।

याे विषयमा जनसहाराले उनलाई सम्पर्क गरि घटनाबारे बुझदा उनले भने – `अप्रेसन गरेर बेडमा पल्टिएको बिरामीलाई उठन नसक्ने बहाना गरेकाे हुन, बच्चालाई दुध चुसाउदा पनि उठन नसक्ने बहाना हाे अहिलेसम्म उठन पनि सकिदैन, यस्ता कति बिरामी आउछन अरु छिट्टै उठछन यिनले बहाना गरिन, बिरामी अरु पनि आउँछ छिटो बेड खाली चाहिन्छ भन्दै चर्को आवाजमा झर्किएर अमानवीय व्यवहार गरियाे।´ सक्ने भए त्यहा बस्ने र सुत्ने रहर कसलाई हुन्छ , अप्रेसन भएको घाउ अझै सुकेको छैन पाक्ने हाेकि भन्ने डर छ नर्सहरुकाे त्यस्तो व्यवहार छ कमलले भावुक हुँदै भने।

उनले अस्पतालकाे क्यान्टीनमा समेत खानेकुराहरु गुणस्तर हिन भएको बताएका छन। जनसहारासंग कुरा गर्दै उनले भने – `क्यान्टीनकाे खानेकुराहरु पनि ताजा हुदैन, बासी जस्तो हुन्छ खानेबेला गन्ध समेत आएको भेटटियाे अनि त्याे कसरी ताजा हाे भनौ।´ यी बाहेक पनि अस्पताल भित्र व्यवस्थापन निकै फितलो रहेकाे उनको भनाइ छ। यतिसम्म कि स्थानीयका पशु र कुकुर समेत अस्पतालकाे परिसरमै आइरहेका हुने गर्छन।

अस्पताल माथि प्रश्न उठनेगरि उनले सामाजिक सञ्जालमा राखेपछि अस्पताल प्रशासनले केही हद सम्म ध्यानाकर्षण भएको जस्तो अनुमान उनको छ। उनि भन्छन- `सायद त्याे स्टाटस देखेर हाेला मलाई उहाँको नाम र पद केहाे थाहा छैन तर पहिला पनि आएर बेलाबेलामा हेर्नू हुन्थ्यो उहाँ डाक्टरले मलाई एक्लै बाेलाएर  यसरी नलेख्नु पर्ने सकेसम्म हटाउनुस नत्र केही भएन अब यहाँका हाम्रा कर्मचारी साथिहरुलाई सम्झाउछु भनेर सकारात्मक कुरा गर्नुभयाे।´ उनलेे भने।

तर याे स्टाटसलाई लिएर उनलाई धम्की आएकाे बताए। त्यहाँ खटिएका प्रहरी हवल्दारले उनलाई बाेलाएर त्याे स्टाटस डिलिट गर्न र यदि नगरे भाेलिका दिनमा अप्ठ्यारो पर्ने भनेर धम्की पनि दिएको बताए। जनसहारासंगकाे कुराकानीमा उनले भने – म बाहिर गएको थिए मेराे सासुआमासंग धम्की दिदै मैले त्याे पाेष्टकाे स्कृनसट गरेर माथि पठाएको छु। भाेलि अप्ठ्यारो पर्छ बेलैमा हटाउन लगाउनुस भनेर धम्की दिनुभए छ।´ 

उता अस्पताल स्राेत भने याे विषयमा मौन छ। अस्पतालका सुचना अधिकारी थलराज डीसीलाई हामीले सम्पर्क गरि याे विषयमा बुझन खाेज्दा कुनै जवाफ दिन मानेनन।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार