राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले छड्के अनुगमन गरेका छन।

सेवाग्राहीको व्यापक गुनासो आउन थालेपछि स्वास्थ्य मन्त्री सारु, प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी लगाएतको टोलीले राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा आकस्मिक छड्के अनुगमन गरेको हाे।

अनुगमनमा सेवाग्राहीहरुको गुनासो सुन्नुका साथै अस्पतालको अनुगमन पश्चात विभिन्न सुधार गर्नुपर्ने र राम्रा पक्षहरु औंल्याईएको स्वास्थ्य मन्त्री सारुकाे सचिवालयले जनाएको छ।

राम्रा पक्षहरुमा सर्जिकल, डेण्टल, ल्याब, डाईलाईसिस, मेडिसिन ओपिडि, ईएनटी ओपिडी, साईक्याट्रीक ओपिडी, एचडीयु, एनआईसियु वार्डको व्यवस्थापन राम्रो भएको, कर्मचारीको अधिकतम व्यवस्थापन गरिएको, प्राप्त सुझाबहरु पुर्ण रुपमा पालना गर्ने मेसुद्वारा प्रतिवद्धता व्यक्त गरेका छन।

सुधार्नुपर्ने पक्षहरुमा पुर्ण रुपमा ई-हाजिरी लागु गर्नुपर्ने, ड्रेस कोड पालना गर्नुपर्ने, कर्मचारीको समयमा उपस्थिति, बेरुजु उठाउन प्रयास, डाक्टरहरु पुरा समय अस्पतालमा बस्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, औजार मर्मत समयमा गर्नुपर्ने, काउण्टर विस्तार तथा भिड व्यवस्थापन, फार्मेसीमा आवश्यक औषधी परिपुर्ती गर्ने, बिहानमा स्टाफ कन्फ्रेन्स गर्नुपर्ने, स्वास्थ्य मन्त्रालयको स्विकृति बिना बाहिर अभ्यास गर्ने चिकित्सकको निगरानी गर्नुपर्ने जस्ता सुझाव दिइएको छ।

त्यसैगरी अस्पतालका कन्सलटेन्ट डा.सराेजा बस्याल विदा स्वीकृत नलिएरै बिदा बसेकाेकाे पाइएकाे छ। मन्त्री सारुले डा.बस्याललाई फाेन मार्फत विदा स्वीकृत नहुदै विदा किन बस्नु भएको भन्दै स्पष्टीकरण मागेका थिए। मन्त्रीकाे जवाफमा डा.बस्यालले आफुले विदा लिएको दाबी गरेकि थिईन। मन्त्री सारुले अस्पतालबाट विदा स्वीकृत नभएको हुदा काममा आउन आग्रह गरेका हुन तर उनले आफ्नो बेलुकाकाे काठमाडौ जाने टिकट भइसकेको हुदा आउन नसक्ने जवाफ दिएकि छन। तर मन्त्रीले अब देखि यस्तो कार्य नगर्न र पेशा प्रति जिम्मेवार बनी विदा लिएर मात्रै जान अहिले विदा स्वीकृत नभएको हुदा काम फर्न भन्दै फाेन अन्त गरेका हुन।

पछिल्लो समय उक्त अस्पतालमा डाक्टरको लापरबाही, फार्मेसीमा चर्काे मूल्य, क्यान्टीनमा फाेहरले अस्तव्यस्त र सानो समस्या भएको बिरामीलाई पनि बाहिर रिफर गर्ने गरेको गुनासो बढी छ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार