चैत ३ काठमाडौ – कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमा नै परीक्षा संचालन गर्ने गरि तयारी भएको भन्दै बोर्डले प्रश्न पत्र भने अनलाइन माध्यम मार्फत परीक्षा केन्द्रमा पठाउने र परीक्षा तालिका भोलि शुक्रबार बैठक बसेर सार्वजनिक गर्ने बताएको छ।
जिल्ला स्तरीय परीक्षा समितिलाई परीक्षा केन्द्र ताेक्ने जिम्मेवारी दिएकाे छ। बोर्डका विश्वस्त सूत्रअनुसार आगामी जेठ १८ बाट परीक्षा सञ्चालन गर्न प्रस्ताव समेत तयार गरेकाले त्यसलाई पनि भाेलिकै बोर्ड बैठकले स्वीकृति प्रदान गर्ने तयारी रहेकाे जनाएको छ।