फागुन २३ काठमाडौ – हुण्डी कारोबारमा संलग्न दुईजनालाई नगद डेढ कराेड रकम सहित प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका -१९ टङकेश्वरी घर भइ हाल काठमाडौ किर्तिपुर नगरपालिका -३ बस्ने २४ वर्षिय बिक्की खड्गी र भारतकाे प्रान्त पश्चिम बंगाल दार्जिलिङ सिलिगुरी घर भई हाल काठमाडौ महानगरपालिका -१३ ताहचल बस्ने ३२ वर्षिय अमित कुमार अग्रवाल रहेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।

काठमाडौ महानगरपालिका -१३ ताहचलमा डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रा.लि. सञ्चालन गरी नक्कली गर-गहना(Artificial jewelry) को होलसेल कारोबार गरी बस्ने भारतीय नागरिक सहित अन्य व्यक्तिहरूले राजस्व छली गरि गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले निगरानी गर्ने क्रममा आइतबार दिउसो करिब ३ बजेतिर समयमा साेहि ठाउँ स्थित पक्राउ परेका अग्रवाल बस्ने घरको गेट अगाडी पक्राउ परेकाा खड्गीलाई फेला पारी सोधपुछ गर्दा उनले मैले कालीमाटी स्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट पचास लाख ल्याई अग्रवालको कोठामा पुर्‍याईदिएको भनेपछि प्रहरीले अग्रवालको डेरा कोठामा खानतलासी गर्दा नेपाली नगद एक करोड पचास लाख फेला परेको महाशाखाले जनाएको छ।

त्यसैगरी खडगीकाे साथबाट नगद चौबीस हजार विभिन्न बैंकका चेक, भौचर प्याड र मोबाइल थान १ बरामद गरेकाे र अग्रवालकाे साथबाट नगद रु. १ करोड पचास लाख, २ थान ल्यापटप, १ थान मोबाईल र कारोबार सम्बन्धी बिभिन्न कागजपत्रहरू समेत बरामद गरिएको छ।

उनिहरु माथि थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाईएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार