फागुन ८ काठमाडौ – जिल्ला अदालतका न्यायाधीशकाे लागि लाेक सेवा आयाेगले लिएकाे लिखित परीक्षामा १९६ सहभागी परीक्षार्थी मध्ये ३ जना मात्र उत्तीर्ण भएका छन्।

आइतबार बसेकाे न्याय सेवा आयाेगकाे बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको हाे। लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम आगामी फागुन २९ गते अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको नामावली सुची सहित आयाेेेगले सुचना प्रकाशित गरेकाे छ।

आयाेगले आन्तरिक खुला ९, खुला ५, महिला २ तथा आदिवासी/जनताती तथा मधेशीमा १/१ पदमा विज्ञापन खाेलेकाे थियाे।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार