माघ २१ झापा – मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार भएकाे आगलागी ५ घण्टापछि नियन्त्रणमा आएकाे हाे।

आगलागीबाट करिब ८ करोड ५० लाख बराबरको क्षति भएको छ। उद्योग भित्र रबर र तेल जन्य सामानहरु धेरै भएपछि आगाे नियन्त्रणमा लिन गाह्राे भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मेची नगरपालिकाका दुईवटा दमकल बिग्रिएर थन्किएको महिनौ हुदा पनि नगरपालिकाले मर्मतका लागि ध्यान नदिदा अरु ठाउँबाट समयमै घटनास्थलमा दमकल पुग्न सकेका थिएनन। आगो नियन्त्रणमा विपत व्यवस्थापन टाेली सहित भारतीय दुईवटा दमकल, झापाका अन्य पालिकाका दमकल, मोरङकाे लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिका गरी ११ वटा दमकल र नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुकाे प्रयासमा ५ घण्टापछि आगाे नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पाेख्रेलले बताए।

याे पनि पढनुस; झापामा एक जुत्ता उद्योगमा १२ बजेदेखि लागेको आगाे अझै नियन्त्रणमा आएन

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार