माघ २० झापा – जुत्ता उद्योगमा भिषण आगलागी भइरहेको छ।

मेचीनगर-६ काँकडभिट्टा स्थित श्याम खेताङले सञ्चालन गरेको एसएस फुटवेयर (जुत्ता उद्योग) मा बिहान करिब १२ बजे एक्कासि उद्योगमा लागेको याे समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन सकेको छैन। मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागी भएको झन्डै एक घण्टा पछि तीन वटा दमकल सहित नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेकाे र करोडौंकाे क्षति भएकाे अनुमान गरिएकाे बाकी विवरण पछि एकिन हुने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पाेख्रेलले बताए।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार