माघ ९ सल्यान – सत्ता गठवन्धन दलकाे बैठक सल्यान खलंगामा सम्पन्न भएकाे छ।

आइतबार आसन्न राष्ट्रिय शभा निर्वाचनका सन्दर्भमा छलफलका लागि सल्यान स्थित सत्तारुढ गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित जनता समाजवादी पार्टी र जनमाेर्चा सम्मेलित बैठक बसेकाे हाे।

उक्त बैठकबाट आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन ५ दलीय तर्फका उम्मेदवारलाई सुर्खेतमा गई अत्यधिक मतका साथ विजय बनाउन केन्द्रीय निर्देशनलाई कार्यान्वयन गर्ने र केन्द्रीय गठबन्धनको भावना अनुरुप सल्यानमा आइपर्ने समस्याको समाधानकाे लागि ५ दलिय गठबन्धनबाट आपसी समन्वय, समझदारी र सहकार्य गरि बढने निर्णय गरिएको छ।

बैठमा नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति केशबहादुर बिष्ट र उपसभापति सन्तोष केसी, नेकपा माओवादी केन्द्रकाे तर्फबाट संघीय संसद तथा प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेत, प्रदेश कमिटी सदस्य द्वय प्रमाेद कुमार श्रेष्ठ र मानबहादुर मल्ल, एकीकृत समाजवादीकाे तर्फबाट केन्द्रीय सल्लाहकार परिषद सदस्य दामोदर शर्मा, केन्द्रीय परिषद सदस्य हरि केसी र सचिव रमेश गौतम, जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश कमिटी उपाध्यक्ष तथा जिल्ला इन्चार्ज पवित्र राज शर्मा र जनमाेर्चाकाे तर्फबाट अध्यक्ष ढकन प्रसाद शर्माको उपस्थिति रहेकाे थियाे।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार