नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा फेरि पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई भेपमार्फत् सुन तस्करी प्रकरण अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।
यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ।
महरालाई प्रहरीले संगठित अपराध कसुर अभियोग लगाएर अनुसन्धान अघि बढाउने भएको छ।