हिन्दु धर्मावलम्बी मध्य श्रीमद भगवत गीता ग्रन्थको नाम नसुनेका कमै छौँ होला। महाभारत ग्रन्थ अनुसार द्वापर युगमा भगवान श्री कृष्णले आफ्ना असल भक्त,सर्वश्रेष्ठ धनुरधर कुन्ती पुत्र अर्जुनलाई कुरुक्षेत्रको भुमिमा दिएको ज्ञान रहेको उल्लेख गरिएको छ।असत्यमाथि सत्य र अधर्ममाथि धर्मको लडाई महाभारत युद्ध निरन्तर १८ दिन चलेको बताइएको छ।जुन युद्वमा भगवान् श्री कृष्णले पाण्डप पक्षलाई शाथ दिएर बिजय गराएको भनिएको छ।

भाई,भाइ बिचमा भएको उक्त महासंग्राम धर्म पुनःस्थापना को लागि भएको भगवान श्री कृष्णले तत्कालीन समयमा आफ्नै मुखबाट घोषणा गरेको उल्लेख छ।महाभारत ग्रन्थ अनुसार माता गान्धारीका भाई शकुनि कौरबका सहोदर मामा थिए।उनैले कौरब राजकुमार दुर्योधनलाई गलत मार्गमा अर्थात अधर्मको पक्षमा हिड्न उत्साहित गरेका थिए।उनै सकुनीले कौरब र पाण्डब बिच जुवा खेल्न बाध्य बनाएर उनकै षड्यन्त्रमा पाण्डबहरुले जुवामा हारेर खाण्डब राज्य गुमाएका थिए भने द्रौपदीको समेत चिरहरणको प्रयास गरिएको थियो।जुवामा हारेपछी पाण्डबहरु १२ बर्ष बनवास र १ बर्ष अज्ञातवास बिताउनु परेको थियो।

यता कौरव पक्षले पाण्डवहरुलाई जबर्जस्त साइड लगाएर हस्तिनापुरको राज्यमा एकल राज गर्ने अनेकौं योजना र चाल चाल चलिरहेका थिए।यस्तै पाप र अधर्मको गतिविधिले नै अधर्मको शुरूवात भएको थियो।बिवाद र एक अर्कालाई हेप्ने प्रवृत्तिले महाभारत युद्ध तय भएको थियो। भगवान श्री कृष्णको योजना अनुसार कुरुक्षेत्रमा युद्ध भएको थियो।जब दुबै युद्वको शुरूवातको पहिलो दिन आयो तव पितामाह,भिष्म,गुरु दोर्णचार्य,कृपाचार्य लगाएत आफ्नै दाजुभाइ समग्र कौरवहरुसङ्ग युद्ध गरेर कि मर्ने कि मार्ने मात्र विकल्प देखेपछि कुन्तिपुत्र अर्जुनको मनमा डर,चिन्ता र बित्रिसना उत्पन्न भएको थियो।उनको शरीर कापेको थियो।मन नराम्ररी बिचलित भएको थियो। युद्धबाट पछाडि हट्न अनेकौं बहाना गरेका थिए। त्यही समयमा अर्जुनका शारथीका रुपमा रहेका भगवान श्री कृष्णले अर्जुनलाई गीता उपदेश,गीता ज्ञान दिनुभएको थिए।

गीता ज्ञानले नै सर्वश्रेष्ठ धनुरधर अर्जुनलाई महायोद्धा बनाएको थियो।यसमा भगवान श्री कृष्णद्वारा न्याय,शिक्षा,चिकित्सा,जोतिष,युद्ध नीति,योग शास्त्र,अर्थ शास्त्र,बास्तु शास्त्र,शिल्प शास्त्र,काम शास्त्र,खगोल विद्या तथा धर्म शास्त्र आदिको ब्याख्या गरिएको छ। यस भित्र जम्मा ७०० श्लोक छन्। तर प्रत्येक श्लोक गहिरिएर बुझ्न सक्ने हो भने यसले मनुष्यलाई वास्तविक जीवन मार्ग देखाउँदछ। गीतामा अन्ध विश्वास छैन।

समग्र मानवताको रक्षा गर्न ज्ञान दिएको छ। यसले ब्यक्तिलाई आध्यात्मको बाटो तर्फ प्रेरित गर्दछ।जिवनमा पाप र अधर्मको मार्गमा हिड्न रोक लगाउँदछ।जीवन र मृत्युबारे डर तथा चिन्ता मुक्त बनाउँदछ। श्रीमद्भागवत गीता कुनै एउटै धर्मको मात्र व्याख्या नभएर समग्र मानवताको रक्षार्थका लागि प्रेरित गर्ने ग्रन्थ हो।यस कारण गीता आध्यात्म विज्ञान हो।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार