पुस २८ सल्यान – महेन्द्र रत्न क्याम्पस (अंग्रेजी विभाग ) ताहचल काठमाडौंको आयोजना तथा बागचौर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा माध्यमिक तथा आधारभूत तहका अंग्रेजी विषय शिक्षकहरुको लागि २ दिने पेशागत क्षमता विकास तालीम मंगलबार सम्पन्न भएको छ ।

तालिममा बागचौर नगरपालिका अन्तर्गतका १२ माध्यमिक र १३ निम्नमाध्यमिक विद्यालयहरुबाट जम्मा ३७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण महेन्द्र रत्न क्याम्पस ताहचल अंग्रेजी विषयका प्राध्यापक मणिराम शर्मा र प्रमुख प्रशाकीय अधिकृत रामबहादुर हमालले गरेका थिए।

समापान कार्यक्रममा नगर उप प्रमुख कल्पना पुनले तालिमका प्रशिक्षक लगायत सहभागीहरु सबैलाई प्रमाण पत्र वितरण गर्दै तालिम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेकि छन।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार