पुस २७ राेल्पा – गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको बैठक मङगलबार गाउँपालिका कार्यालय सानडाँडामा सम्पन्न भएको छ।

देशभर आधारभुत तथा माध्यमिक तहका विद्यालयहरु आगामी माघ १५ सम्म बन्द गर्न सीसीएमसीले सिफारिस गरे अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यन्वयन गर्ने निर्णय गरेकाे थियाे।

साेहि निर्णय माथि छलफल मार्फत निर्णय लिन भन्दै गंगादेव गाउँपालिकले कार्यपालिका बैठक बसेर शिक्षण सिकाइ क्रियाकलापलाई वैकल्पिक विधिबाट अनलाइन कक्षा सन्चालन गर्न नसकिने हुदा तत्कालकाे लागि पालिका भित्र विद्यालय बन्द नगर्ने निर्णय गरेकाे छ।

त्यसैगरि बैठकबाट कोभिड १९ को नयाँ भेरियन्ट विरुद्ध खोप कार्यक्रमलाई प्रभावकारी गराउने , गाउँपालिका बासी सबैलाई स्वास्थ्य मापदण्ड पालन गर्न लगाउने , सबै स्वास्थ्य चौकी,आधारभुत स्वास्थ्य केन्द्रमा आवश्यक औषधि उपलब्ध गराउने , गाउँपालिकाले पहिले बनाएका आइसुलेसन सेन्टरहरु व्यवस्थित गर्ने लगाएतका निर्णय गरेकाे गंगादेव गाउँपालिका प्रेस संयाेजक अशाेक ओलीले जानकारी दिएका छन।

संक्रमण कम हुने ठाउँमा सम्बन्धित जिल्लाकाे (डिसीएमसी) काे निर्णय अनुसार मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी कामय गरि विद्यालय संचालन गर्न पाउने र सम्बन्धित जिल्लामा महामारीको अवस्था अनुसार लकडाउनकाे अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ। अहिले सम्म पछिल्लो समय मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा नयाँ संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार