हाम्रो संविधानमै देश समाजवाद उन्मुख भनेर लेखिएको छ ? बिश्वमा कम्युनिस्ट,प्रजातान्त्रिक र उदारवादी समाजवाद बारे बहस जारी छ। हामिले फरक दल,विभिन्न नेताबाट तर धेरै पटक सुनेको शब्द हो समाजवाद।

आजकाल अलि राजनीतितिर चासो राख्नेहरुले पनि चियागफ वा जमघटमा समाजवादको बिषयमा गफिएको देखिन्छन्। भाषण वा अन्तर्वार्तामा नेताहरुले समृद्धि,लोकतन्त्र र समाजवाद आफ्नो पार्टीको मुख्य उद्देश्य हो भनेको सुनिन्छ।त्यसो त देशकै पुरानो पार्टी नेपाली काङ्ग्रेसको मुल नारा नै राष्ट्रियता,लोकतन्त्र र समाजवाद राखेको छ।यसरी हेर्दा समाजवाद भन्ने शब्द कतै न कतै प्रयोग हुने शब्द हो।बास्तवमा हाम्रा मुलुकका दल वा नेताहरुले भन्ने समाजवादको परिभाषा के हो?यसले जनतालाई के फाइदा हुन्छ।समाजवाद कति कार्यान्वयन भयो वा भनौं के मुलुक समाजवादको अभ्यासमा छ? आम नागरिकको जिज्ञासा बनिरहेको बिषय हो यो।समाजवादको फाइदा वा यसका अवगुण के के हुन त?

बास्तवमा जुन दल सत्तामा जान्छ उसले मुलुक समाजवाद उन्मुख छ भन्ने दावी गर्दछ भने प्रतिपक्षले दलाल पुजीवादतिर छ।भन्ने आरोप लगाउदै आएको देखिन्छ।समाजवाद भनेको यस्तो ब्यबस्था हो जहाँ सम्पुर्ण स्वामित्व सरकारमा निहित हुन्छ।र देशमा भएका सम्पुर्ण श्रोत,साधनमा सबै नागरिकको समान पहुँच हुन्छ।समाजवादी ब्यबस्थामा देशमा भएका सम्पत्तिमा सम्पुर्ण नागरिकको समान पहुँच हुन्छ। समान तरिकाले बितरण हुन्छ। ठूलो/सानो र धनी/गरिब भन्ने हुँदैन।समाजवादको एउटै नमुना भने छैन।यसका विभिन्न प्रकार छन्।समाजवाद भनेको यहि हो भन्न कठिन छ।छ तर शारमा हेर्दा समाजवाद भनेको समाजवाद भनेको समता सहितको समानता हो।भेदभाव रहित राजनैतिक तथा आर्थिक प्रणाली,समानता र न्याँयपुर्ण प्रणाली,गरिबीको अन्त्य,सहभागीमुलक र सहकारिताको भावना,उत्पादनका साधनहरुको समान बितरण,एकले सबैका लागि र सबैले एकका लागि काम गर्ने,ब्यक्तिगत महत्वाकांक्षा निषेध,राष्ट्रिय पुजीको बिकास,राज्यबाट अधारभुत कुराको सुनिस्चित,प्राकृतिक श्रोतसाधनको समुचित उपयोग लगाएतका यसका सकारात्मक पक्ष हुन्।

ब्यक्तिगत सम्पत्तिको नियन्त्रण,निजि उद्योग र कम्पनी निर्माणमा रोक,नफालाई महत्व नदिइएको,बजारको नियन्त्रणमा रोक,ब्यक्तिगत सम्पत्ति कमाउनमा रोक,मानव अधिकारमा कटौती लगाएत यसका अवगुणहरु हुन्।बिश्वमा चीन,क्युवा,भियतनाम र लाओस देशलाई समाजवाद भएको मुलुक रुपमा चिनिन्छन।उत्तर कोरियाको ब्यबस्थालाई पनि कतिपयले समाजवाद भन्ने गरेका छन्। पुजीवादको उच्चतम प्रयोगपछि समाजवादको स्थापना हुने एक थरिको तर्क रहेको छ।क्रान्तिको माध्यमबाट जनसत्ता स्थस्पित हुनुनै समाजवाद रहेको अर्को थरिको तर्क रहेको छ।राजनीति र देशमा समाज हावी भएको ब्यबस्था समाजवाद हो तर बिडम्बना हाम्रो मुलुकको राजनीतिमा पुजिपती ब्यक्ति,गुट र नातावाद हावी भैरहेको छ।

यसरी हेर्दा हाम्रो मुलुक समाजवाद उन्मुख नै छ भन्न गाह्रो पर्दछ। हाम्रो संविधानले स्विकारेको समाजवादको ढाचा कस्तो हो भन्ने नै अन्योलता रहेको छ।बर्तमान राजनैतिक अवस्थामा समाजवादको एकरुपता र व्यापक बहस छेडिन जरुरी छ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार