पुस २५ काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले विद्यालय बन्द , २५ जना भन्दा बढी भेला हुने गरि मेला, महाेत्सव र गाेष्ठी समारोह नगर्न समेत भनेकाे छ। त्यस्तै गरि कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन र खाेप लगाएकाहरुले अनिवार्य खाेप कार्ड देखाएर मात्रै सेवा दिलाउन सरकारलाई सिफारिस गरेको छ।
आइतबार बसेको बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले विभिन्न १३ बुँदे निर्णय गरेको छ। उक्त निर्णय मन्त्रिपरिषदलाई सिफारिस गरिएको र मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै उक्त निर्णय कार्यान्वयनमा आउने छ।
कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
यसअघि प्रधानमन्त्री समेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो।
नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन्। आजमात्र बितेकाे २४ घण्टामा ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ
हेर्नुस निर्णयहरु
