पुस १७, सल्यान – नेपाली काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको सल्यानको अध्यक्षमा लिलाधर बबाल सर्वसम्मत निर्वाचित भएका छन् ।
आज खलंगामा भएकाे आठौं जिल्ला अधिवेशनले बबालकाे अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा लाेकेन्द्र डाँगी, दिपक पुन, र त्रिपुरा केसी बाेहरा, सचिव महेन्द्र बस्नेत, सह-सचिव तुल्सीराम डाँगी र काेषाध्यक्ष प्रकाश खड्का रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह-महामन्त्री एकराज डाँगी, काङ्ग्रेस जिल्ला सभापती केश बहादुर विष्ट, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष उत्तम कटुवाल, कर्णाली अध्यक्ष एवम् केन्द्रिय उपाध्यक्ष नृपजंग शाही, केन्द्रिय सचिव गणेश भण्डारी, नेपाली काङ्ग्रेसका पुर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पार्टीका जिल्ला सचिवद्धय प्रकाश भण्डारी र एकराज बुढाथोकी लगाएतका अतिथिहरुले मन्तव्य राखेका थिए ।
यस्तै पार्टीका क्षेत्रीय सभापती एवम् शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, नगर उप-प्रमुख साबित्रा बस्नेत, ट्रेड युनियन काङ्ग्रेसका जिल्ला अध्यक्ष बिर बहादुर सेवजाल, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र हमाल, नेविसंघका उपाध्यक्ष प्रेम नारायण बिक लगाएतले आफ्ना भनाईहरु राखेका थिए ।
लिलाधर बबालको अध्यक्षता तथा लोकेन्द्र डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महेन्द्र बस्नेतले गरेका थिए ।