पुस १७ मोरङ – आफ्नै छाेराले कुटपिट गरि बाबुकाे हत्या गरेका छन।

रतुवामाई नगरपालिका-९ डिपो बस्ने ३६ वर्षीय अर्जुन धामीले बाबु ५७ वर्षिय दिपनारायण धामीलाई कुटपिट गरि गम्भीर घाइते बनाएका थिए। अरनिको अस्पताल उर्लाबारीमा उपचार सम्भव नभएपछि नोबेल अस्पताल विराटनगरमा लिई उपचारपछि घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।

मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको बिषयलाई लिएर बाबू छाेरा बिच विवाद भएपछि बाबुमाथि छाेराले आक्रमण गरेका हुन। घटनाको खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले कुटपिट गर्नेलछाेरा अर्जुनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार