पुस ६, सल्यान – जिल्लाको दार्मा गाउँपालिकाको सहिद स्मृति सभाहलमा नेपाल रेड्क्रस साेसाइटी एकीकृत सामुदायिक उत्थानशिल परियाेजना सल्यानको गाउँपालिका स्तरीय समन्वय बैठक एकीकृत सामुदायिक परियाेजना सल्यानकाे आयाेजना र दार्मा गाउँपालिकाकाे सहजीकरणमा सम्पन्न भएकाे छ ।

बैठकमा प्रमुख अतिथि दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओली, विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, अतिथि
परियाेजना अधिकृत राम प्रसाद भण्डारी लगायत अन्य अतिथिहरु रहेका थिए ।

बैठकमा बाेल्दै प्रमुख अतिथि दार्मा गाउँपालिका उपाध्यक्ष शर्माले सबै भन्दा पहिला मानव स्वास्थ्य नै महत्वपुर्ण पक्ष भएकाेले पुर्ण सरसफाइ रणनीतिक याेजना कार्यन्वयन गर्न र दार्मा गाउँपालिकामा स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा काम गर्ने निकायहरु एकद्वार प्रणालीबाट काम गरे मात्र पुर्ण सरसफाइ रणनीतिक याेजना कार्यन्वयन हुने बताएकी छन ।

बैठकमा परियाेजना अधिकृत राम प्रसाद भन्डारीले कार्यक्रमकाे औचित्यबारे प्रष्ट पारेका थिए भने दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले दार्मा गाउँपालिकाको पुर्ण सरसफाई रणनीतिक याेजना प्रस्ताव गरेका थिए ।
बैठकमा दार्मा गाउँपालिका स्थित सबै वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्था, रेडक्रस उपशाखा दार्माका सबै पदाधिकारी लगायत स्थानीय व्यापारीहरुको उपस्थित रहेको थियो ।
रेडक्रस उपशाखा दार्माकाे उपसभापति पुस्पाञ्जलि मगरकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे अध्यक्षता सभापति अन्नत प्रसाद शर्माले गरेका थिए भने सहजीकरण सचिब प्रकाश शर्माले गरेका थिए ।
उक्त बैठकले दार्मा गाउँपालिका पुर्ण सरसफाइ रणनीतिक योजना पास समेत गरेको थियो ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार