पुस ४ काठमाडौ – सरकारले आज अर्थात आइतबार देखि सात प्रदेशबाट नै समेटिने गरि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष समुहका विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरुका लागि मोडर्ना खोपको पहिलो डाेज पुस ४ देखि १४ गतेसम्म १० दिन र दोस्रो डाेज माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकाले दुई चरणमा खाेप खरिद गरेकाे थियाे जस अनुसार पहिलाे चरणमा १४ लाख ९८ हजार ८०० र दाेस्राे चरणमा १ लाख ८८ हजार ४०० गरी १६ लाख ८७ हजार २०० मात्रा माेर्डना खाेप खरिद गरेकाे छ।

सम्बन्धित जिल्लाकाे जिल्ला स्वास्थ्य कार्यालय र शिक्षा समन्वय इकाईकाे सहकार्यमा विद्यालयकाे दुरि अनुसार खाेप केन्द्र ताेकेर र विद्यालयमै पुगेर खाेप दिने व्यवस्था मिलाइएको छ।

खाेप लगाउने जिल्लाहरु

प्रदेश नं १

ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम उदयपुर,

प्रदेश नं २

सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा

बागमती प्रदेश

दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत,

लुम्बनी प्रदेश

रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया

कर्णाली प्रदेश

डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान,

सुदूरपश्चिम प्रदेश

बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार