पुस ३, सल्यान – देशभर एकैसाथ सुरु भएको प्याब्सन जिल्ला अधिवेशन अर्न्तर्गत सल्यानमा पनि निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) सल्यानको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्र बागचौरमा सम्पन्न भएको छ ।

कार्यक्रममा सभाध्यक्ष जिल्ला प्याब्सन सल्यानका अध्यक्ष जित ब.भण्डारी , प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख एवम् शिक्षा समिति अध्यक्ष लोकमान बुढाथोकी, विशिष्ट अतिथि प्याब्सन केन्द्रीय सदस्य महेश देवकोटा, बागचौर नगर शिक्षा शाखा प्रमुख टेक ब.डि.सी., विशेष अतिथि प्याब्सन कर्णाली प्रदेश उपाध्यक्ष दिपेन्द्र बिष्ट लगायत अन्य अतिथिहरु रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले प्याब्सन सल्यानलाई चौथो जिल्ला अधिवेशनको सफलताको शुभकामना दिदै स्थानीय सरकार र आफ्नो व्यक्तिगत तर्फबाट निजी विद्यालय माथि कुनै पनि पुर्वाग्रही राखेर अन्याय नगरेको र सधैं सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन ।
उनले एमएम एकेडेमी खलंगा सल्यानले तयार गरेको राष्ट्रिय सुरक्षा दल (NCC) विद्यार्थीहरुले देखाएको पिटी प्रेडसँगै नृत्यले आफुलाई मुक्तिको लागि घरपरिवार छोडेर हिडेको दिनको सम्झना दिलाएको साथै प्रतिपक्षीको भुमिका निर्वाह गर्दै सरकारी विद्यालयलाई चुनौती दिएको बताएका छन ।
बुढाथोकीले NCC विद्यार्थीहरुको कलाबाट प्रभावित हुदै निजी विद्यालयको लगानी, पुजी एवम् सम्पत्ति भनेकै यस्तै प्रतिभा भएको र आफुले पनि बागचौरका ६८ वटै विद्यालयमा यो किसिमको सिकाई गर्न निर्देशन दिने समेत बताएका छन ।जिल्ला प्याबसन सल्यानका प्रमुख सल्लाहकार पुर्ण ब.बस्नेतले शुभकामना मनत्व्य राख्दै प्याब्सनको महत्त्व, काम, कर्तव्य र अधिकारका बारेमा प्रष्ट पारेका थिए । उनले सबै तहबाट निजी विद्यालयहरुलाई संकुचित पार्ने भैरहेकोले त्यसको विरुद्धमा लाग्न जिल्ला स्थित निजी विद्यालयहरुको हकहितका लागि आवज उठाउन सबै विद्यालयहरु संगठनमा आवद्व हुन जरुरी रहेको बताएका छन । निजी विद्यालयमा देशभरका करिब २५% विद्यार्थी अध्ययनरत र ३ लाख मान्छेहरुले रोजगारी पाएकाले यसलाई निजि विद्यालयले राज्यलाई पुर्याएको सहयोग ठान्नु पर्ने बताएका छन ।
निजी विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाले यसलाई योगदान ठान्न साथै निजी विद्यालय व्यापारी, माफिया हो भन्ने धारणालाई हटाउन सबै सरोकारवालालाई अनुरोध गरेका छन । उनले शिक्षाको गुणस्तर खस्सिएकोले देशभर निजी विद्यालय संचालनमा ल्याई शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउन एउटा इट्टा बनेर लागेको र राज्यले हेर्ने दृष्टिकोण भिन्न हुनुभन्दा सम्मान गर्नु पर्ने समेत बताएका छन ।

कार्यक्रममा प्याब्सन सल्यानमा आवद्व हुन चाहने २ विद्यालयलाई सदस्यता वितरण गरिनुका साथै नित्य प्रस्तुत गर्ने सबै विद्यालयलाई पुरस्कार सहित प्रशंसा प्रमाणपत्र पनि वितरण गरिएको थियोे ।

जिल्ला प्याब्सन सल्यानका उपाध्यक्ष भरत कुमार बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्याब्सन सल्यानका सचिव खिमराज डि.सी.ले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार