मंसिर २४, सल्यान – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बागचौर नगरपालिकाको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता बागचौरको थारमारेमा सम्पन्न भएको छ ।
“घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” (राष्ट्रिय नारा) शिर्षकमा बढीमा ५ हजार शब्दमा A4 साइजको सादा पेपरमा निबन्ध लेखन प्रतियोगिता संचालन गरिएको थियो ।
जनकल्याण नमुना मा.वि थारमारेको सभा हलमा आयोजित उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्य कल्पना शर्मा र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष टोप बहादुर डि.सी., रुम टु रिड कार्यक्रम सल्यानका प्रतिनिधि टेक राज शाही, स्थानीय शिक्षा समिति सदस्यहरु डा.पूर्णबहादुर भण्डारी र नेव बहादुर वली, ईलाका प्रहरी कार्यालय थारमारेका प्रतिनिधि, सहभागी विभिन्न विद्यालयका प्र.अ., प्रतिनिधि तथा प्रतियोगी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

निबन्ध प्रतियोगितामा ८ वटा माध्यमिक विद्यालयहरुबाट जम्मा ५ जना जसमा ३ जना छात्राको अनिवार्य सहभागीता रहेको थियो । उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार रु.५०००, द्वितीय पुरस्कार रु.३०००, तृतीय पुरस्कार रु.२०००, र चौथो पुरस्कार रु.१००० रहेको थियो ।

प्रतियोगितामा निम्नानुसारका विद्यालयले पुरस्कार हात पारेका छन :
प्रथम स्थान : श्री दुर्गा सरस्वती मा.वि बाफुखोला
द्वितीय स्थान : श्री शिशु कल्याण मा.वि हारिचार
तृतीय स्थान : श्री सरस्वती मा.वि शिवरथ
चौथो स्थान : श्री अमरज्योती मा.वि चौरपानी

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार