मंसिर २०, सल्यान – शिक्षा युवा तथा खेलकुद शाखा बागचौरको आयोजनामा बागचौरमा समुदायिक विद्यालयमा संचालित दिवा खाजा व्यवस्थापन सम्बन्धि २ दिवसीय अभिमुखिकरण उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ ।
बागचौर नगर शिक्षा शाखा प्रमुख टेक ब.डि.सी.को अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथ नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी, विशिष्ट अतिथि नगर उप-प्रमुख कल्पना पुन, अतिथिहरु बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख सुशिल थापा लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले दिवा खाजा व्यवस्थापन, नितिगत व्यवस्था, पोषण, खाजाको गुणस्तर सुधार तथा विद्यालयमा बालबालिकाको भर्ना र उपस्थितिमा वृद्धिका लागि यो अभिमुखिकरण कार्यक्रम एकदमै प्रभावकारी रहेको र सिकाई उपलब्धि सुधारमा दिवा खाजाको प्रभावकारिता सन्दर्भमा समुदायस्तरका सामुदायिक विद्यालयका प्र.अ.हरुबिच निरन्तर छलफल तथा अन्तरक्रिया हुन जरुरी रहेको बताएका छन ।

कार्यक्रममा बागचौर नगरपालिका भित्रका ६८ बिद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागीता रहेको थियो ।
नगर शिक्षा शाखाका कर्मचारी रबिकिरण वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिरेन्द्र प्रकाश डि.सी.ले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार