मंसिर १७, सल्यान – कर्णाली प्रदेशमा कुपाेषणकाे समस्या धेरै भएकाे र कुपाेषित बालबलिकाहरुलाई व्यवस्थापन तथा उपचार गर्न युएसएआईडिकाे सहयाेगमा सल्यान जिल्लामा सुआहारा कार्यक्रमले पलिकाहरुकाे आयाेजनामा हालसम्म ९ वटा स्थानिय तहमा वहिरंग उपचार सेवा केन्द्र स्थापना गरेको छ ।

बच्चा तथा किशाेरीहरुकाे स्वास्थ्य र पाेषण अवस्थामा सुधार ल्याउने लक्ष्य राखेकाे सुआहारा कार्यक्रमले सल्यानका सबै स्थानिय निकाय र सम्पुर्ण वडा तथा वस्तिहरुमा स्वास्थ्य तथा पाेषण सम्बन्धि गतिविधिहरु विगत ६ वर्षदेखि गर्दै आएकाे छ ।

सल्यानका १० स्थानीय तह मध्ये बन्गाड कुपिन्डे नगरपालिकामा बाँकी रहेको र त्यहाँ पनि छिट्टै स्थापना गर्ने तयारीमा रहेको सल्यान जिल्ला सुआहारा कार्यक्रमका बरिस्ठ प्रदेश प्राविधिक संयाेजक निरज के.सि. जनसहारासँगको कुराकानीमा बताएका छन ।

उनले याे भन्दा पहिले कडा शिघ्र कुपाेषित बच्चाहरुलाई उपचारकाे लागि दाङ, नेपालगंज तथा सुर्खेत पठाउनुपर्थ्याे भने अब देखि आफ्नै स्थानिय स्तरमा उपचारकाे व्यवस्था लागि बहिरंग कक्षहरु उद्घाटन गरिएको बताएका छन । बागचौेरकाे प्राथमिक स्वास्थ्य केन्द्र थारमारे, शारदाकाे श्रीनगर स्वास्थ्य चौकी, दार्माकाे फारुला स्वास्थ्य चौकी, सिद्ध कुमाखकाे बाझकाँडा स्वास्थ्य चौकी, कुमाखकाे रागेचौर अस्पताल, कपुरकाेटकाे धनवाङ स्वास्थ्य चौकी, त्रिवेणिकाे लुहाम अस्पताल, रामपुरकाे रामपुर स्वास्थ्य चौकी, छत्रेश्वरीकाे छायाँक्षेत्र स्वास्थ्य चौकी र लेखपाेखरा प्राथामिक स्वास्थ्य केन्द्रमा शिघ्र कुपाेषणकाे एकिकृत व्यवस्थापन सेवा शुरु गरिएकाे समेत जानकारी दिएका छन ।

मध्यम शिघ्र र कडा शिघ्र कुपाेषित बच्चाहरुकाे पाेषणकाे अवस्था लेखाजाेखा गरेर खानाकाे माध्यमबाट उपचार गरिने र यसो गर्दा कुपाेषित बच्चाहरु करिब २ महिना देखि ३ महिना भित्रमा सामान्य अवस्थामा आउँने गरेको पाईएको समेत बताएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार