मंसिर १४, सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शक्ति बहादुर बस्नेतले आउदो अद्यावधिक निर्वाचन रुपमा देखिए पनि सारमा जनमत संग्रह जस्तै हुने बताएका छन ।
मंगलबार सुर्खेतमा आयोजित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्वघाटन कार्यक्रममा बोल्दै पुर्व वन मन्त्री समेत रहेका बस्नेतले आउँदो जनमत संग्रह प्रतिगामी तथा यथास्थितिवादीले जित्ने कि अग्रगमन र परिवर्तनकामी शक्तिले जित्ने भन्ने बीचको निर्वाचन हुने बताएका छन । २०६२/०६३ को जनआन्दोलनमा संसद पुनः स्थापनाको बिषय उठाउने शक्तिले परिवर्तित राजनीतिक व्यवस्थाको नेतृत्व गर्दा देशले गतिलिन नसकेको बताएका छन ।
१२ बुदे सम्झौताको आधारमा १९ दिने जनआन्दोलन भएको बताउदै उनले माओवादीले राज्य पुनः संरचना र अन्य पार्टीले ससद पुनः स्थापनाको नारा लिएर सयुक्त आन्दोलन भएको बताएका हुन ।