मंसिर ११, सल्यान – बागचौरको ब्राईटरोज ल्यान्ड बोर्डिङ्ग स्कुलमा मन्टेस्वरी कक्षाको उद्घाटन भएको छ । २०७८ मंसिर १० गते शुक्रबारको दिन बा.न.पा २ बागचौरमा अवस्थित ब्राईटरोज ल्यान्ड बोर्डिङ्ग स्कुलले मन्टेस्वरी बिधिबाट शिक्षण गर्नको लागि कार्यक्रमका प्रमुख अतिथी एवम् अभिभावक संघका अध्यक्ष कमल वलीबाट मन्टेस्वरी कक्षाको उद्घाटन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वलिले यो विद्यालय यो नगर क्षेत्रको ठुलो विद्यालय भएको बताउँदै आझै आवश्यक सेवा दिन र आफ्नो त्यसमा पुर्ण सहयोग रहने समेत बताएका छन ।
साथै उक्त विद्यालयले मन्टेस्वरि कक्षाको लागि भर्ना खुल्ला समेत गरिरहेको हुँदा सम्पुर्ण अभिभावकहरुमा आफ्ना बालबालिकाहरुलाई बिध्यालयमा भर्ना गर्नु हुन अनुरोध गरेका छन ।

विद्यालयकाका प्रीन्सिपल एवम् संचालक इन्द्र भन्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका संचालक एवम् कोडिनेटर खिमराज डि.सी.ले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार