मंसिर ८, सल्यान – श्री भरत स्मृति मा. वि बागचौर नगरपालिका ५, शिर्पामा २ दिने आँखा तथा कान परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघद्वारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य परियोजना अन्तर्गत बागचौर नगरपालिका सामुदायक संयोजक भरत देवकोटाको संयोजकत्वमा भरत स्मृति मा.वि. बा.न.पा. ५, शिर्पामा २ दिने आँखा तथा कान परिक्षण कार्यक्रम सम्पन्न भएको थियो । यो कार्यक्रम कर्णालीका १० जिल्लामा संचालित छ, जसमध्ये अहिले सल्यानको शारदा नगरपालिका र बागचौर नगरपालिका गरि २ पालिकामा कार्यक्रम भैरहेको कार्यक्रम संयोजक देवकोटाले बताएका छन ।
आँखा तथा कान स्वास्थ्य परिक्षण हाल कार्यक्रम संचालित पालिकाको समुदायस्तरसँगै विद्यालयहरुमा संचालन भईरहेको छ । यश अन्तर्गत आँखा र कान सम्बन्धि परिक्षण गरिने र आखाँको मोतिविन्दु, कान सुनाई शक्ति कम भएका व्यक्तिहरुको परिक्षण गरि रिफर गरेर निशुल्क उपचार गरिने समेत बताएका छन ।
शिर्पामा २०७८ मंसिर ५ गते देखि मंसिर ७ गतेसम्म संचालित उक्त परिक्षणमा शिक्षक र बिद्यार्थी गरि करिब २५० जनाको आँखा तथा कानको परिक्षण गरिएको थियो ।
यो परिक्षण कार्यक्रम निरन्तर संचालन भैरहेको र जसअन्तर्गत आज बागचौरको महेन्द्र मा.वि. पिपलनेटामा परिक्षण कार्यक्रम हुन लागिरहेको संयोजकले जानकारी दिएका छन ।