मंसिर ५ राेल्पा – स्वास्थ्यकर्मीहरुका लागि ७ दिने बृहत् पोषण प्याकेज तालिमको गंगादेव गाउँपालिका रोल्पामा आइतबार उदघाटन गरिएको छ।

उक्त तालिमको उदघाटन गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले गरेका छन । उदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष खत्रीले स्वास्थ्यकर्मीहरुले परिणाम देखिने गरि काम गर्नु पर्ने बताए। प्रत्येक स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखाबाट समयमै औषधि माग गरेर सेवाग्राहिलाइ उपलब्ध गराउन निर्देशन समेत दिएका छन ।

स्वास्थ्यचौकी म्वालेखोलाको लागि प्रसुती गराउन चाहिने बेड लगायत आवश्यक उपकरण खरिद गर्न निर्देशन दिदै केही समस्याहरु भए गाउँपालिकाले समाधान गर्ने प्रतिबद्धता पनि गरेका छन । गंगादेव स्वास्थ्य शाखा सह-सयोजक मेहरमान वलीको अध्यक्षतामा गाउपालिकाको हल सानडाँडामा भएको तालिमको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत ,मुख्य प्रशिक्षक नेपाल स्वास्थ्य व्यवस्था तथा सुदृढीकरण अधिकृत गणेश बस्नेत, सहजकर्ता नरेश खड्का र गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य इकाई केन्द्रका गरि २० जना स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियाे। सहजकर्ता नरेश खड्काको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको संन्चालन दिपेन्द्र गिरिले गरेका थिए।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार