कात्तिक २७ काठमाडौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ अस्वस्थ रहेकाे पारिवारिक स्राेतले जनाएको छ।
शुक्रबार दिउसाे अचानक स्वास्थ्यमा खराबी आइ उल्टी गरेपछि प्रचण्डले भेटघाट समेत बन्द गरेका थिए। त्यसयता स्वास्थ्यमा सुधार नआए पछि शनिबार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएकाे छ।
अस्पतालका अनुसार प्रचण्डमा अहिले उच्च रक्तचापकाे समस्या देखिएकाे र आफू चितवनबाट काठमाडौ फर्किन लागेकाे प्रचण्डकि छाेरी रेनु दाहालले बताइन्।