कार्तिक २७, सल्यान – अधिकारी डेन्टल क्लिनिक प्रा.लि.श्रीनगरद्वारा आयोजित १ दिने निशुल्क डेन्टल शिविर २०७८ कार्तिक २७ गते शनिबार अर्थात् आज जनकल्याण नमुना मा.वि. थारमारेमा सम्पन्न भएको छ । बागचौर नगरपालिकाको सहकार्य, सल्यानी युवा संजाल बागचौर नगर कार्यसमितिको सहजीकरणमा संचालित शिविरको आयोजना अधिकारीले डेन्टल क्लिनिक प्रा.लि.श्रीनगरले गरेको थियो ।
बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले उक्त शिविरमा विगत देखि नै अहोरात्र खटिएर लाग्ने सल्यानी युवा संजालमा आवद्ध सम्पुर्ण टिम लगायत शिविरको आयोजना गर्ने अधिकारी डेन्टल क्लिनिक प्रा.लि. परिवारलाई विशेष धन्यवाद दिएका छन । जनताको सेवाको लागि बागचौर नगरपालिकाले मात्रै नभएर आफुले पनि व्यक्तिगत रुपमा हर समय पुर्ण सहयोग गर्ने बताएका छन । साथै आझै पनि जनताहरुको समस्यालाई मध्यनजर गरि आवश्यकताअनुसार आगामी दिनमा बृहत शिविर संचालन गर्ने समेत बताएका छन ।
शिविरमा दाँत सम्बन्धि समस्या भएका करिब १०० जना बिरामीहरुलाई चेकजाँच गरिनुका साथै परामर्श समेत दिईएको थियो । उक्त शिविरबाट सेवाग्राहीले सेवा सन्तोषजनक नै भएको बताएका छन ।