कात्तिक २४ सल्यान – यहि मिति २०७८ साल कार्तिक २७ गते शनिवारका दिन सल्यानी युवा सञ्जालले बागचौर नगरपालिकाको थारमारेमा निशुल्क डेन्टल शिविर संचालन गर्ने भएको छ ।
उक्त शिविर कार्तिक २७ गते बिहान ९ बजे देखि अधिकारी डेन्टल क्लिनिक प्रा.लि.श्रीनगरको आयोजना, बागचौर नगरपालिकाको सहकार्य र सल्यानी युवा सञ्जाल बागचौर नगर कार्यसमितिको सहजीकरणमा जनकल्याण क्याम्पस, बागचौर नगरपालिका २ सल्यानमा सञ्चालन हुन गइरहेको छ ।
सल्यानी युवा सञ्जालका अध्यक्ष सुदर्शन बुढाथोकीले विशेषगरि विगतका शिविरहरु संचालन गर्दै-गर्दा धेरै जसो बिरामीहरुको माग अब दाँत सम्बन्धी पनि शिविर संचालन गर्नु पर्यो भन्ने थियो त्यहि कुरालाई मध्यनजर गरि यो शिविर संचालन गर्न लागेको र यो अवसरबाट निशुल्क सेवा लिनु हुन सम्पुर्ण दाँत सम्बन्धि समस्या भएका बिरामीहरूलाई अनुरोध समेत गरेका छन ।
उनले शिविर सम्बन्धि थप जानकारी लिनका लागि सल्यानी युवा सञ्जालसँग आबद्ध साथीहरूसँग सम्पर्क गर्न सकिने समेत बताएका छन ।
सम्पर्क व्यक्तिहरु :
बिरेन्द्र प्रकाश डि.सी.- 9866986111, 9809702771
सुनिता श्रेष्ठ – 9857844185
हरि कठायत – 9868033749
सुदर्शन बुढाथोकी – 9851090363