भदौ २९ माेरङ – बाल दिवसकाे अवसरमा एक बालिकालाई एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइएको छ। बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेवलाई आज एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाइएकाे हाे।
गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिका भित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो। साेहि अनुसार उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका प्रमुख बनाइएकाे हाे।
आर्थिक र प्रशासनिक बाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गरेकि छन। स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीबारे बालबालिकालाई जानकारी गराउन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाएकाे राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए।